काठमाडौं । आजदेखि संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु हुने भएको छ । आज अपराह्न ४ बजेका लागि बैठक बोलाईएको छ ।
संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ।
विभिन्न विषयलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
बिहीबार नै सांसदहरुको स्वाब संकलन गरिएको थियो । आजको संसद् बैठकमा पत्रकारलाई कलम र डायरी लिनसमेत बन्देज गरिएको संसद सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
