कोरोनाबाट इटलीमा भन्दा बेलायतमा ज्यान गुमाउनेको सङ्ख्या बढी

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको कारण अमेरिकापछि बेलायतमा धेरैको ज्यान गएको छ।

बेलायतमा इटलीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ को कारण ज्यान गएको बीबीसीले जनाएको छ ।

Advertisement

जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार बेलायतमा अहिलेसम्म २९ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । इटलीमा कोरानाको कारण २९ हजार तीन सय १५ जनाको ज्यान गएको छ।

चीनपछि सबैभन्दा खराबरुपमा इटालीमा महामारी फैलिएको थियो । तर पछिल्लो समय इटलीमा सङ्क्रमण तथा मृत्युदर नियन्त्रणमा आउन थालेको छ।

विश्वमा सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ७१ हजारभन्दा धेरैको ज्यान गएको छ।

More News last news
Loading...