काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नुपनर्ने सुझाव दिएको हो।
लकडाउन जस्तो छ त्यही रुपमा थप्ने तयारी भएपनि केकति दिन थप्ने भन्ने बारेमा भोली बस्ने मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
