उदयपुर । उदयपुरको रौतामाईमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्माहत्या गरेका छन् ।
जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीसहित क्वारेन्टाइनमा बसेको एक सातापछि उनीले बिहीबार राती आत्माहत्या गरेका हुन् ।
प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारणले खुलि सकेका छैन । घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
