संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

काठमाडौं । काठमाडौंमा दैनिक समाचार संकलनमा क्रियाशिल रहँदै आएका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका स्थायी घर भइ राजधानीमा विभिन्न व्यवसायमा आबद्ध व्यवसायीहरुले १५ वटा टेलीभिजन र विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुलाई पीपीइ, पन्जा, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका हुन । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले कोरोना संक्रमणको बढ्दो सन्त्रासका बीच पनि निरन्तर जनताप्रति उत्तरदायी भइ काम गरिरहेको भन्दै सबै क्षेत्रबाट हौसला प्रदान गरिनु पर्ने बताए ।

Advertisement

लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले संकटको समयमा अहोरात्र समाचार संकलन तथा सम्प्रेषण गरि जनतालाई सुसूचित गर्ने प्रमुख भुमिकामा रहेका राज्यको चौथो अंगका सञ्चारकर्मी तथा पत्रकारलाई सुरक्षा सामग्रीको ब्यबस्थापन सरकारले नै गर्नु पर्ने बताइन ।

कार्यक्रमका संयोजक शम्भु श्रेष्ठले पहिलो चरणमा केही पत्रकारहरुका लागि मात्र भएपनि मनकारी सहयोगीबाट आर्थिक संकलन गरी स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए । झण्डै दुई लाख पचास हजार बराबरको सामग्रीका लागि संयोजक श्रेष्ठ सहित डिएलएको तर्फबाट महासचिव दाहाल, व्यवसायीहरु दिपक पौडेल, बलराम खड्का, धुर्व श्रेष्ठ, सुनिल श्रेष्ठ, धर्म खड्का, श्याम श्रेष्ठ, कुमार कार्की, बबिता श्रेष्ठ लगायतले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमका लागि संयोजकारी भूमिका मेघा टेलिभिजनले गरेको थियो ।

More News last news
Loading...