काठमाडौं । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन अबधिभर शहरी क्षेत्रका घरभाडामा बस्ने भाडावालासँग घरभाडा नमाग्न सबै घरधनीलाई सरकारले आग्रह गरेको छ ।
गत बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठक बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले घरधनीहरुलाई घरभाडा नमाग्न आग्रह गरेका हुन् ।
विपतको बेला आर्थिक आयस्रोत गुमाएका कारण आर्थिक अभाव हुने भएकाले भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरिएको खतिवडाले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
