स्याङ्जाका स्थानीय तहलाई खुमा अर्याल फाउण्डेसनले दियो १४ टन खाद्यान्न

काठमाडौं । कोरोना भाइरसको जोखिम कम गर्नका लागि गरिएको लकडाउनबाट प्रभावितहरुलाई खुमा अर्याल फाउन्डेसनले खाद्यान्न हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले गरेको लकडाउन लम्बिरहँदा दैनिक ज्यालादारी गरेर बस्ने बर्ग, एकल वृद्ध बृद्दा, एवं अशाह्य र अशक्त हरु बढी मारामा परेको भन्दै फाउण्डेसनले स्याङ्जाका स्थानीय तह मार्फत उनीहरुका लागि करिब साढे सात लाख बराबरको खाद्यान्न सहयोग गरेको हो ।

Advertisement

फाउण्डेसनले स्याङ्जाको बालिङ नगरपालिकालाई ४५०० किलो, चापाकोट नगरपालिकालाई ४५०० किलो, भिरकोट नगरपालिकालाई ४५०० किलो स्याङ्जाको राम्दी स्थिति बृदाआश्रमलाई ५०० केजि सावा मन्सुली चामल गरी जम्मा १४ टन खाद्यान्न वितरण गरेको हो । उक्त खाद्यान्न फाउण्डेसनका उपाध्यक्ष श्री लेखनाथ शर्मा र सचीव ध्रुव शर्माले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

सामग्री बुझ्दै बालिङ नगर प्रमुख दिलिप प्रताप खाड, भिरकोट नगर उप-प्रमुख सिमा कर्माचार्य लगाएतले खाद्यन्नले आ आफ्ना क्षेत्रका खाद्य बस्तु अभावमा रहेका बिपन्न, मजदुरी, असाहय, गरिबहरुलाई बितरण गरिने भन्दै फाउण्डेसनलाई धन्यवाद ब्यक्त गरे । आगामी दिनमा पनि फाउन्डेसनले अन्य विविध कार्यक्रमहरु लिएर आउने फाउण्डेसनका अध्यक्ष कमल राज ढकालले जानकारी दिए ।

यसैगरी संस्थाका संरक्षक समेत रहेका समाजसेवी भेष राज अर्यालले फाउन्डेसन सधै विभिन्न किसिमका सामाजिक कार्यहरूमा निरन्तर लागिरहने र सामाजिक कार्यहरुमा हामी सदैब प्रतिबद्ध रहेको भन्दै महामारीसँग जुध्न सरकारले गरेको निर्णयलाई सबैले पालना गर्नु सबैको दायित्व रहेको बताए ।

यसरी वितरण गरिएको खाद्यान्न स्थानीय तह मार्फत लकडाउन प्रभावितहरुलाई वितरण गरिने सचिव शर्माले नयाँपुस्तालाई बताए ।

More News last news
Loading...