अपहरण प्रकरणको उजुरी सरकारी वकिलको कार्यालयले पनि लिएन

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।

अपहरण सम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी नलिइएको हो ।

Advertisement

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेकामा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ ।

 

More News last news
Loading...