कोरोना जितेर काममा फर्किए बेलायतका प्रधानमन्त्री

एजेन्सी । कोरोनाको संक्रमण देखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन काममा फर्किएका छन् ।

आफै कोरोनाभाइरसबाट संक्रमित भएर स्वस्थ बनेपछिको पहिलो सार्वजनिक कार्यक्रममा जोनसनले लकडाउनलाई हतारमा चाँडै हटाएर बेलायती जनताको बलिदानलाई त्यतिकै खेर फाल्न नदिने बताएका हुन् ।

Advertisement

कोरोनाभाइरसको संक्रमणको सन्दर्भमा बेलायत अझै ‘उच्च जोखिम’ को विन्दुमा रहेको बताएका छन् । जोनसनले लकडाउनको नीति कहिले र कति चाँडो परिवर्तन हुन्छ भन्ने कुरा अहिले नै सरकारले यकिन गर्न नसक्ने स्पष्ट पारे ।

‘हामी अहिले नै कति चाँडो वा ढिलो वा कहिले ती परिवर्तन गरिनेछ भनेर भन्न सक्दैनौँ,’ उनले भने । लकडाउनका प्रतिबन्ध हटाउनुपर्ने नयाँ रणनीति तय गर्न दबाब बढिरहँदा सोमबारदेखि जोनसन काममा फर्किएका हुन् ।

More News last news
Loading...