काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका दलहरूले लोकतान्त्रिक मूल्य–मान्यता कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध एक भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सोमबार बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकताबद्ध भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएका हुन् । वैठकमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको सहभागिता थियो ।
बैठकमा सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका भन्दै यस्ता आपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग समेत गरेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, प्रवक्ता विश्वप्रकाश शर्मा र श्री राधेश्याम अधिकारी सहभागी थिए ।
यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
