काठमाडौं । सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरिया पठाउने भएको छ ।
तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको हो ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
