‘लकडाउन’ खुकुलो पार्दै युरोपेली देश

काठमाडौँ । अधिकांश युरोपेली देशहरुले लकडाउनलाई खुकुलो बनाउँदै लैजाने तयारी गरेका छन्।

सोमबार (आज) देखि जर्मनीले साना पसलहरु खोल्न र परीक्षा नजिकिएकोले स्कुल र कलेज सञ्चालन गर्न अनुमति दिएको छ।

Advertisement

गएको हप्तामात्रै जर्मनीले सङ्क्रमणको दर घट्न थालेको र भाइरसको महामारी नियन्त्रणमा लिइएको बताएको थियो। तर दोस्रो चरणको सङ्क्रमण फैलन नदिन जर्मनीले सचेत गराएको छ।

पोल्याण्डले सोमबारदेखि पार्क र जङ्गल खुला गरेको छ भने नर्वेले साना बालबालिकाका लागि स्कुल खोल्न अनुमति दिएको छ ।

चेक रिपब्लिकले व्यापारका लागि हवाई मार्ग सञ्चालनमा ल्याउँदा अल्बेनियाले पनि खानी र तेल उद्योग सञ्चालन गर्न अनुमति दिएको छ।

हालसम्म यूरोपका देशहरुमध्ये सबैभन्दा धेरै स्पेनमा २०४५३, इटलीमा २३,६६०, फ्रान्समा १९७१८, यूके १६०६० र टर्कीमा २०१७ जनाको ज्यान गएको छ ।

More News last news
Loading...