फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती पूर्णरुपमा स्वस्थ भएपछि डिस्चार्ज

काठमाडौं । फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भएकी छिन् । उनलाई अहिले केही बेर अघि उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगले डिस्चार्ज गरेको बुझिएको छ ।

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफुलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत क्वारेन्टाइनको अनुशासन निर्वाह गरेकी थिइन ।

Advertisement

आफुलाई शंका लागेको सुरु देखिनै सचेत बनेकी यिनले पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिए पछि अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन ।

संक्रमित मध्ये उपचार पछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित यस अघि नै निको भएर घर गइसकेका छन् ।

पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।

More News last news
Loading...