काठमाडौँ । लकडाउनको समयमा लुकेर उदयपुर छिरेका ८ जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ।
कोशी अस्पतालमा बिहीबार साँझ पीसीआर विधिबाट गरिएको थ्रोट स्वाब परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि १० जनाकै नमुना शुक्रबार बिहान काठमाडौं पठाइएको थियो। यद्यपि, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट आउन बाँकी छ।
उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए। शंकास्पदहरुलाई भने विरानगर ल्याउने तयारी छ। उनीहरुलाई अहिले मस्जिदमै राखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
