पूर्व बेलायत सैनिक गुरुङको निधनप्रति नेता पौडेलद्वारा दुःख व्यक्त

थप्रेक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व बेलायत सैनिक हस्तविर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

तनहुँनेता पौडेलले तनहुँको शुक्लागण्डकी–१ (ओखल्दी थप्रेक) स्थायी घर भई हाल बेलायतमा रहेका पूर्व बेलायत सैनिक गूरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवार समवेदना व्यक्त गरेका हुन्।

Advertisement

नेता पौडेलले लेखेका छन्, “तनहुँ,शुक्लागण्डकी–१ (ओखल्दी, थप्रेक) स्थायी घर भएका पूर्व बेलायत सैनिक हस्तविर गुरुङको अस्पतालमा उपचारको क्रममा बेलायतमा निधनको खबरले स्तब्ध भएको छु । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई भगवान श्री पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु। हार्दिक श्रद्धाञ्जली।”

सन् १९९९ देखि हङकङ र २०१२ देखि पूकेका वसोबास गर्दै आएका गुरुङ दुई महिना अघि मात्रै गृह जिल्ला तनहुँ आएर बेलायत फर्किएका थिए ।

स्वर्गिय गुरुङको आगामी बैशाख २४ गते बेलायतमै अन्त्यष्टी गरिने तयारी भएको पारिवारिक स्रोतलाई उदृत गर्दै शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

 

More News last news
Loading...