सुनसरी । धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडा रातभर हिरासतमा बसेका छन् ।
लकडाउनको बेला राति मापसे गरेर सडकमा लडिरहेका धरान उपमहानगरका सूचना अधिकृत समेत रहेका राजश्व महाशाखाका अधिकृत खगेन्द्रप्रसाद खतिवडा बुधबार रातभर वडा प्रहरी कार्यालयको हिरासतमा बस्न बाध्य भएका हुन् ।
मादक पदार्थ सेवन गरेर घरतिर आइरहेका बेला उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै मोटरसाइकल पन्चर भएर लडेपछि ट्राफिक जवानले उठाउने प्रयास गरेका थिए ।
ट्राफिक स्रोतका अनुसार सडकमा लडेका खतिवडालाई उठाउन खोज्दा अत्याधिक पदार्थ सेवन गरेकाले मान्छे चिन्नै नसक्ने र उठेर हिड्नै नसक्ने अवस्थामा थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
