वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौँ । तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

सरकारका एक मन्त्रीका अनुसार मंगलबारको मन्त्रीपरिषदको बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो। घिमिरेको पदावधिबारे भने खुलेको छैन।

Advertisement

घिमिरे अघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको संचालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि झापाका मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिइ अष्ट्रेलिया लागेका थिए।

More News last news
Loading...