नेपालमा थप २ जनामा कोरोना पुष्टी

काठमाडौँ । र्‍यापिड डायग्नोस्टिक टेस्टबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पताल भर्ना गरिएका एकैपरिवारका तीन मध्ये दुईजनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टी भएको छ।

पाटन अस्पताल भर्ना गरिएकामध्ये दुईजनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ। एकजनाको भनेपीसीआर परीक्षण पुनः दोहोर्‍याइएको जानकारी पनि प्राप्त भएको छ।

Advertisement

उनीहरू पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए। ८१ वर्षीया आमा, ५८ वर्षीय छोरा र ५२ वर्षीया बुहारीलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो। तीनमध्ये एक जनाको रिर्पोट आउँन बाँकी छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । संक्रमित मध्ये पहिलो एक जना उपचारपछि घर फर्किसकेका छन्।

More News last news
Loading...