काठमाडौँ । रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।
उनी १६ गते भारतबाट फर्किएको पाइएको छ। लकडाउनको समयमा मध्यरातमा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो।
क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। उनीहरु मध्ये पहिलो संक्रमित एक निको भइसकेका छन्। अरुको उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
