नेकपाका मनकारी नारायणकाजी, एक वर्षको पारिश्रमिक राहत र कोरोना कोषमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोराना कोष र राहतमा दिने घोषणा गरेका छन् ।

उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने सार्बजनिक गरेका हुन् ।

Advertisement

उनले ट्वीट गर्दै भनेका छन्, “कोरोना र उत्पन्न संकटको सामाना गरिरहेको अवस्थामा यतिबेला एकताबद्ध भई आ आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।”

More News last news
Loading...