कोरोना महामारी अवधिभरको पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । ‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो ।

Advertisement

मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

त्यस्तै उनले महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका पनि बताएका छन् ।

More News last news
Loading...