काठमाडौँ । नेपालमा थप तीन जना कोरोना संक्रमित फेला परेका छन् पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ।
लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी भई १३ दिनदेखि वीरगञ्जमै बस्दै आएका २४ मध्ये तीन जनामा कोरोना पुष्टी भएको हो।
यस अघि नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका थिए। जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ८ को विभिन्न अस्पतालमा उपचार भइरसको छ। आज तीन जना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ।
विश्वभर १३ नेपालीको मृत्यु
विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १३ पुगेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
