दुध, दही, ध्यु चाहियो ? फोन गर्नुहोस्, पोखराका घरघरै आइपुग्छन् यी सामाग्री

पोखरा । दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रा. लि. ले पोखराका उपभोक्ताका लागि निःशुल्क होम डेलीभरी सेवा प्रदान गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित लकडाउनका बेला उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै दुध, दही लगायतका डेरी प्रडक्टहरुको डेलीभरी शुल्क बिना घर( घरमै  उपलब्ध गराउने  भएको सुजलले जनाएको छ।

Advertisement

सुजलले शनिबारबाट पोखरामा ‘सफल  Express: Free Home Delivery’ नामको सेवा शुरु गर्दै पोखरा क्षेत्रका उपभोक्ता र विक्रेतालाई घरमै नि:शुल्क डेलीभरी दिने भएको हो । डेलीभरीका लागि ९८०१२४०२०४ मा फोन गरी  सफलका  उत्पादनहरु  दुध, दही, पनिर, घ्यू, वटर र नौनी अर्डर गर्न सकिने छ ।

More News last news
Loading...