काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण आशंकामा गरिएका परीक्षणको नतिजा साकारात्मक आएको छ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार २४ घण्टामा ६ सय ३० जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार पाँच सय २४ टेष्ट भएका छन्’, नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘नयाँ टेष्ट जम्मा ६ सय ३० जनाको भएको छ। जसमा उपत्यकाका चार सय एक र बाहिरका दुई सय २९ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।’ अहिले परीक्षणको क्रममा रहेका नमुनाको संख्या आठ सय बढी रहेको डा। देवकोटाले जानकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ६ सय ६० जना छन् भने आइसोलेसनमा एक सय २५ जनाको उपचार भइराखेको छ। उपत्यका भित्र आइसोलेसनमा १५ र बाहिर एक सय १० जना रहेको देवकोटाले जानकारी दिए।
अहिलेसम्म र्यापिड टेष्ट सबै प्रदेशमा पाँच हजारको दरले वितरण भएको छ। र्यापिड टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७, कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ।
डा। देवकोटाका अनुसार शुक्रबारबाट प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर मेसिनबाट नमुना परीक्षण सुरु भएको छ। यो सँगै कोरोना परीक्षण उपत्यकासहित ११ स्थानमा सुरु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
