ट्वीटरका मालिकको मनकारी मन, कोरोनाविरूद्ध लड्न एक अर्ब डलर

एजेन्सी । ट्वीटरका मालिक ज्याक डोर्सेले कोरोना भाइरसविरूद्ध लड्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीट मार्फत उनले कोभिड १९ कोषमा एक अर्ब अमेरिकी डलर दिने घोषणा गरेका हुन् । उनले उक्त रकम आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रहेको समेत जानकारी दिएका छन्।

Advertisement

महामारीको अन्त्यपछि बालिकाको स्वास्थ्य, शिक्षा र आधारभूत आय तिर ध्यान केन्द्रित गर्ने समेत उनले बताएका छन् । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ३.३ अर्ब डलर रहेको छ।

More News last news
Loading...