काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पतालमा विना जानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।
अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करिब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करिब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालकाले जनाएको छ ।
कोरोनाको महामारी संक्रमणका बेला जनतालाई दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको बुझिएको छ ।
सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा. वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की रहेका छन् ।
उनीहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
