भाटभटेनीले दियो प्रदेश १ सरकारलाई २५ लाख

काठमाडौं । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ ।

विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरिन् ।

Advertisement

मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’ मा जम्मा गरिने बताए । उनले कोषमा हालसम्म ११ करोडभन्दा बढी जम्मा भइसकेको जानकारी दिए ।

More News last news
Loading...