२ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण, १७५ जना रेड जोनमा

काठमाडौं । कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको जनाएका हुन् ।

Advertisement

बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १३४ जना उपचाररत रहेको समेत उनले बताए ।

गत २४ घण्टामा मन्त्रालयले जारी गरेको मोबाइल एपमा ३ जना रेड जोनमा परेका छन् त्योसँगै आजसम्म १७५ जना रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ ।

पीसीआर मेसिनमा प्रयोग गरिने रिएजेन्ट १ हजार थान चौधरी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ ।

More News last news
Loading...