डेरामा बस्ने बिद्यार्थीका लागि तत्काल राहतको व्यबस्था गर्न नेबिसंघको माग

काठमाडौं । नेपाल बिद्यार्थी संघले लकडाउनको समयमा डेरामा बसेर अध्ययन गरिरहेका बिद्यार्थी वर्ग र दैनिक ज्यालादी गरेर गुजारा टार्न बाध्यहरुलाई प्राथमिकतामा राखी तत्काल राहतको व्यबस्था गर्न माग गरेको छ ।

संघले आज एक बिज्ञप्ती जारी गर्दै देशभरी पढाईका क्रममा डेरा लिएर बसेका तथा विपत्को समयमा घर जान नपाए बिद्यार्थीलाई र दैनिक ज्यालादारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गरेको हो । यसैगरी संघले विदेशमा अध्यनरत बिद्यार्थीहरुलाई त्यहाँका दुतावास मार्फत सहयोग गर्नलाई सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

डेरा गरेर बिभिन्न ठाउमा बस्ने विद्यार्थीहरु लामो समयसम्मको लकडाउनका कारण अत्यन्त कठीन अवस्थामा दैनिकी गुजार्न बाध्य भएकाले तिनीहरुको पहिचान गरि तत्काल राहतको प्याकेज ल्याउनुपर्ने र अध्ययनका सिलसिलामा बिदेश रहेका विद्यार्थीहरु जो संकट र समस्यामा छन तिनीहरुलाई पनि सम्बन्धित देशमा रहेको दुतावास र अन्य निकायहरुबाट सहयोग र साथ दिनुपर्ने माग आफूहरुले गरेको नेबिसंघका महामन्त्री युवराज पाण्डेयले नयाँपुस्तालाई बताए ।

यसका साथै नेबिसंघमा आबद्ध सम्पूर्ण बिधार्थीहरुलाई सम्पूर्ण जनसमुदायको दुखमा साथ दिनका लागि अपिल समेत गरेको छ ।

More News last news
Loading...