काठमाडौं । सातै प्रदेशका १० स्थानमा कोरोना भाइरसको परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।
आइतबारबाट धुलीखेल अस्पताल, भरतपुर अस्पताल र भैरहवा अस्पतालमा सुरु भएसँगै हाल १० स्थानमा कोरोना परीक्षण सुरु गरिएको उनले जानकारी दिए। सातै प्रदेशका अस्पतालमा सोमबार १०७ जना आइसोलेसनमा उपचार गरिरहेका उनले जानकारी दिए।
“काठमाडौ उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना आइसोलेसनमा भर्ना भएका छन्,” उनले भने, “सोमबारसम्म देशैभर ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन्।”
कोरोना अपडेट लाईभ (स्वास्थ्य मन्त्रालय)
कोरोना अपडेट लाईभ (स्वास्थ्य मन्त्रालय)
Gepostet von Nayapusta – नयाँ पुस्ता am Montag, 6. April 2020
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
