खरिपाटी क्वरेन्टाइनमा रेहका ९४ जनाको रिर्पोट आयो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वरेण्टीनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन्।

Advertisement

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वरेण्टीनमा राखिएको थियो।

डाक्टर देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौँ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको दिए। आज देशभर काठमाडौँ १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा भर्ना भएका छन्।

More News last news
Loading...