कोरोना भाईरसविरुद्ध लड्न नेयमारको ५ मिलियन सहयोग

काठमाडौं । स्टार खेलाडी नेयमारले कोरोना भाईरसविरुद्ध लड्न ५ मिलियन आर्थिक सहयोग घोषणा गरेका छन् ।

ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्न ५ मिलियन ब्राजिलियन आर्थिक सहयोग गरेका हुन् । नेयमारले युनिसेफ र ब्राजिलमा स्थापना गरिएको कोषलाई उक्त रकम दिएका हुन् ।

Advertisement

सर्वाधिक महँगा फुटबलर नेयमारले उपलब्ध गराएको उक्त रकम युनिसेफबाट विश्वभरका कोरोना प्रभावित र ब्राजिलको कोषले आफ्नो राष्ट्रका प्रभावितका लागि खर्च गर्नेछ । कोरोनाविरुद्ध लड्न विश्वका चर्चित फुटबल खेलाडीले सहयोग गर्दै आइरहेका छन् ।

बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीले ठुलो रकम सहयोग गरिसकेका छन् । कोरोनाको कारण विश्वमा ५३ हजार बढी मानिसको मृत्यु हुँदा ब्राजिलमा ३ सय बढीको मृत्यु भएको छ ।

More News last news
Loading...