काठमाडौ । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन् ।
राजधानी टोकियोमा बुधवार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन् ।
अधिकारीहरुका अनुसार जापानमा अहिले सम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
