पत्रकारलाई अलग्गै राहत दिन देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै ‘लक डाउन’ ले व्यवसायर्मा परेको प्रत्यक्ष असरका कारण विज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्याएको बताए । त्यसको असर सोझै सञ्चार गृहहरुमा परेको भन्दै सभापति देउवाले राज्यको चौथो अंगलाई सम्बोधन हुने गरी अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गरेका हुन् ।

Advertisement

सभापति देउवाले समाचार संकलनमा कार्यरत श्रमजीवी पत्रकारको हकमा सरकारले अलग्गै सुरक्षा र राहत सहितको योजनाको निर्माण गर्न पनि आग्रह गरेका छन्।

त्यसैगरी सञ्चारगृहहरुलाई समाचार संकलनका लागि निर्वाद आवतजावतको व्यवस्था गर्न पनि उनले सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

More News last news
Loading...