कोरोना उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्य र सुरक्षाकर्मीलाई २५ लाखको बिमा ✍️ Nayapusta Desk १६ चैत्र २०७६, आईतवार २१:४६ काठमाडौं । सरकारले कोरोना भाइरसको उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए । Advertisement