कोरोनाबाट चिन्तित जर्मनीका प्रदेश अर्थमन्त्रीले गरे आत्महत्या

काठमाडौं । जर्मनीको हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले आत्महत्या गरेका छन्।

कोरोनाभाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने भन्नेमा “गहिरो चिन्ता” व्यक्त गर्दै आएका उनले शनिबार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement

उनले कोरोना भाइरसबाट आक्रान्त भएको अर्थतन्त्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पहिलेदेखि नै गहिरो चिन्ता जाहेर गर्ने गरेको त्यहाँका स्टेट प्रिमियर भोल्कर बफेयरले जानकारी दिए ।

५४ वर्षीय स्किफरको शव शनिबार सोही प्रान्तमा रहेको एउटा रेल ट्रयाक नजिकै भेटिएको थियो । वाइसबाडेन अभियोजन कार्यालयले उनले आत्महत्या गरेको पुष्टि गरेको छ।

“हामी यो घटनाबाट अत्यन्त दुखित छौं। यो घटनालाई हामीले विश्वास समेत गर्न सकिरहेका छैनौं।” बुफियरले रेकर्ड गरिएको बयानलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

हेस्सी जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्ट रहेको प्रान्त हो। जहाँ युरोपको धेरै कर्जा प्रवाह गर्ने बैंकहरुको सूचीमा पर्ने ड्युश बैंक लगायतको मुख्यालय समेत रहेको छ। युरोपेली केन्द्रीय बैंक समेत फ्रान्कफर्टमा अवस्थित छ।

More News last news
Loading...