प्रचण्डले मागे चिनियाँ राष्ट्रपतिसँग सहयोग

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

उनले पत्रमा कोरोना महामारी नियन्त्रणमा सफलता पाएकोमा चिनियाँ राष्ट्रपति सीलाई बधाई समेत दिएका छन् । पत्रमा उनले कोरोना भाइरससँगको लडाइमा जीत हात पारेकोमा नेकपाको तर्फबाट बधाइ समेत दिएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डकी छोरीसमेत रहेकी स्वकीय सचिव गंगा दाहालका अनुसार पत्र तीन दिन अघि पठाइएको थियो । पत्रमा प्रचण्डले कोरोना महामारीसँग अहिले नेपाल जुधिरहेको उल्लेख गर्दै सहयोगको लागि सीसँग अपिल गरेका छन् ।

More News last news
Loading...