काठमाडाैँ । सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिचानको लागि मोबाइल एप सञ्चालनमा ल्याएको छ।
कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउए।
यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भएरनभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए।
चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
