आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द !

काठमाडौं । कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले आइतबार (आज) देखि देशैभरका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधनमार्फत गरेको घोषणाअनुसार  संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द हुनेछन्।

Advertisement

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तो सेवा आगामी चैन २१ गतेसम्म बन्द रहनेछन्।

यस्तै आइतबारदेखि नै चैत १८ सम्म अन्तराष्ट्रिय उडान पनि बन्द रहनेछन्। यस्तै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गरिनेछ।

More News last news
Loading...