अनुमतिबेगर स्वदेश फर्किएका ६३ नेपाली खरिपाटी क्‍वारेन्टाइनमा

काठमाडौँ — नेपाल सरकारको अनुमतिबिना विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा पुर्‍याइएको छ ।

प्राणघातक कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार लगाएको प्रतिबन्धविपरीत विदेशी एयरलाइन्स कम्पनीले बेकेर ल्याएका५ महिलासहित ६३नेपालीलाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।

Advertisement

स्वदेश आएका ६३ नेपालीलाई विमानस्थलबाट दुइटा साझा बसले नि:शुल्क रुपमा खरिपाटी पुर्‍याएका थिए ।उनीहरु जापान, मलेसिया, भारतबाट एयर इन्डिया र थाइ एयरवेजको विमान चढी नेपाल आएका हुन्। अनुमतिबिना नेपाल आएकाहरु अब १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

खरिपाटीमा नेपाली सेनाले हेल्थ डेक्स सुरु गरिसकेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गतेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो।

More News last news
Loading...