गिरिजाप्रसाद कोइरालाको १०औँ स्मृति दिवस आज

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौँ स्मृति दिवस आज मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेशनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

Advertisement

राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको भूमिका महत्वपूर्ण छ ।

More News last news
Loading...