निर्भयाका चारैजना दोषीलाई दिइयो बिहानै मृत्युदण्ड

सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।

समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो।

Advertisement

तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’

समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।

More News last news
Loading...