कोरोनाभाइरस: भारतमा तेस्रो व्यक्तिको मृत्यु, महामारी रोकथाम गर्न भारतभर प्रतिबन्ध

बीबीसी । भारतमा कोरोभाइरस सङ्क्रमणबाट थप एक व्यक्तिको मृत्यु भएपछि मृतकको कुल सङ्ख्या तीन पुगेको अधिकारीहरूले बताएका छन्।

महाराष्ट्र सरकारका अनुसार मुम्बईस्थित एउटा अस्पतालमा गत मार्च ५ तारिखमा भर्ना भएका एक ६३ वर्षीय बिरामीको मङ्गलवार मृत्यु भएको हो। उनी दुबईबाट भारत फर्किएका थिए।

Advertisement

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को प्रकोप भारतमा विस्तार नहोस् भनेर सावधानीस्वरूप सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थलमा जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।

त्यसबाट भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ। भारतमा अहिलेसम्म केही विदेशीसहित १२६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।

त्यहाँ झन्डै ६,००० जनाको परीक्षण गरिएको छ। अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको हो। तर सबै देशमा सङ्क्रमित व्यक्ति फेला परेका छन्।

More News last news
Loading...