महाधिवेशबारे आन्तरिक तयारी गर्न सिटौला समुहको छुट्टै भेला
'गगन-प्रदीप' दायाँ-बायाँ राखेर सिटौलाले दिए आफु मजवुद भएको प्रमाण
काठमाडौँ । नेपाली काँग्रेसभित्र गुट फेर्ने क्रम चलिरहँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आज छुट्टै भेलाको आयोजना गरे । भेलामा उनले गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर आफ्नो गुट अझै बलियो रहेको सन्देश दिन खोजे।
सिटौलाले यसअघिको महाधिवेशनमा बनाएको गुटका अधिकांश नेताहरु भेलामा थिए । जसमध्ये भीमसेनदास प्रधानलगायतका नेताहरु पनि थिए ।
मुख्य आकर्षण भने गगन थापा र प्रदीप पौडेल थिए । गगन दायाँमा थिए भने प्रदीप बायाँ थिए । आफ्नो दायाँबायाँ गगन र प्रदीप जस्ता उदीयमान नेताहरु रहेको सन्देश दिँदै सिटौलाले कसैको आश्रय लिने भन्दा अरुलाई आश्रय दिन बन्ने क्षमता बनाउन भने।
आफ्नो टिम आगामी महाधिवेशनमा काँग्रेसलाई नेतृत्व दिन सक्षम रहेको समेत दाबी गरे । निकै कडा रुपमा प्रस्तुत भएका उनले पार्टी नेतृत्वको आलोचना गरे ।
गत महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । उनी तेस्रो स्थानमा पुगे पनि काँग्रेसको नेतृत्व चयनमा ठूलो प्रभाव परेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
