काठमाडौं । लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको रिजल्ट प्रकाशित गरेको छ ।
१४ हजार पाँच सय ११ जना सहभागी भएको लिखित परीक्षामा ७ हजार १२८ जना पास भएको आयोगले जनाएको छ । पास भएकाहरुमा २ हजार ८ सय २५ जना खुलाबाट, १३ जना अशक्तबाट, १ हजार ३ सय ७७ जना आदिवासी जनजातिबाट, ९ सय ३५ मधेशीबाट, ९ सय ६९ महिलाबाट, ७ सय ११ दलितबाट र २ सय ९८ पिछडिएको क्षेत्रबाट छन्।
प्रहरी प्रधान कार्यालयले ३ हजार ६ सय ७६ जना प्रहरी जवान मागेको थियो । लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
