धनुषा । होली पर्वकाे दिन रक्सी खाँदा धनुषामा ६ जनाको ज्यान गएकाे छ ।
अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाकाे जनाको ज्यान गएकाे प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।
मदिरा सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति ज्यान गएकाे इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायकले जानकारी दिए।
उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको रक्सी खाएर वा अन्य कारणले ज्यान गएकाे हाे भन्ने कुराको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
