पूर्वमन्त्री तथा काँग्रेस नेता शेर्माको निधन

पाँचथर । पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

दुई ओटै मृगौलाले काम गर्न छाडेपछि डायलासिस गर्दै आएका शेर्माको ललितपुरको निदान अस्पतालमा उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे निधन भएको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।

Advertisement

पाँचथरको पहिलेको सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिएका शेर्मा २०५७ देखि ०६७ सालसम्म दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरको सभापति बनेका थिए । यस्तै उनी २०६४ सालको संविधान सभाको चुनावमा पाँचथर क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै स्थानीय विकासमन्त्री भएका थिए ।

उनको दाहसंस्कार शनिबार काठमाडौँ गरिने पारिवारिक श्रोतले जनाएको छ ।

More News last news
Loading...