काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाका साइला भाइ नरेश थापाले डिल्लीबजार कारागारमा सुटुक्क आत्मसमर्पण गरेका छन्। उनले एक साताअघि आत्मसमर्पण गरेको खुलासा भएको हो।
नरेश अहिले कारागारमै रहेको कारागार स्रोतले पुष्टि गरेको छ।
उनलाई जिल्ला अदालत, काठमाडौँले एक लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो। त्यसयता उनी फरार सुचीमा रहेका थिए।
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोप उनीमाथि लागेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
