काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड पनि घर बाहिर निस्किएका छैनन्।
ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता कतै ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अोलीको सचिवालयका सदस्यहरुले बताए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । मिर्गौला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले भेटघाट पनि कम गरेका छन्। केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उनले भेटघाट गरिरहेका छन्। कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराममा बसेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
