चर्चित गायक शर्माले ल्याए कोरोना बिरुद्धको जनचेतनामुलक गीत (भिडियो)

काठमाडौं । कोरोना भाइसको माहामारीबाट विश्वभरका जनताहरु आंतकित बनेका छन् । नेपालमा पनि यो भाइरस भित्रन सक्ने भन्दै बिभिन्न निकायबाट बिभिन्न कार्यहरु गरिदै आएका छन् ।

यसैबीच कलाकारहरु पनि यो भाइरसबाट जोगिनका लागि बिबिध जनचेतामुलक सन्देश फैलाउने कार्यमा लागि परेका छन् । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा सन्देशमुलक गीत बजारमा ल्याएका छन् ।

Advertisement

गायक शर्माको परिवारले अभिनय गरेको उक्त भिडियोले कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि गर्नुपर्ने यावत कुराहरुको बारेमा चर्चा गरिएको छ । २ मिनेट लामो उक्त भिडियोमा भाइरसबाट सचेत हुनुपर्ने भन्दै हात धुनुपर्ने, खानेकुरा पखालेर खानुपर्ने, सकेसम्म भिडभाडमा नजाने, बाहिर जाँदा माक्सको प्रयोग गर्नुपर्ने लगायतका बिषयमा चर्चा गरेका छन् ।

शर्माले यसअघि कोरोना भाइसको संक्रमण विश्वभर फैलिएपछि न्यूनीकरण नहुँदासम्म आफू विदेशका कार्यक्रममा नजाने समेत बताएका थिए ।

More News last news
Loading...